• ६ बैशाख २०८१, बिहीबार

विदुर २ मा स्वास्थ्य चौकी निर्माण हुने

२० माघ, विदुर । एसियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा नुवाकोटको
विदुर नगरपालिकाको वडा नम्बर २ स्वास्थ्य चौकी निर्माण हुने भएको छ ।

हिजो उक्त बहुउद्देश्यीय स्वास्थ्य भवन निर्माणको शिलान्यास गरिएको हो । स्वास्थ्य चौकी परिसरमा अक्सिजन सुविधासहित हुने बताइएको छ ।

गरिबी न्यूनीकरणका लागि जापान कोष (जेएफपीआर) को अनुदानमा निर्माण हुने स्वास्थ्य भवन निर्माणको बिहिवार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी र २ नम्बर वडाका अध्यक्ष दिपक कायस्थले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

नगर प्रमुख ले उक्त शिलान्यास पश्चात् बोल्दै खानेपानी तथा ढल व्यवस्थापन विभागको कार्यक्रम अन्तर्गत वैकल्पिक तथा साना शहर परियोजनामा हुने बताएका छ्न । उनका अनुसार उक्त भवन स्वास्थ्य पहलहरूमार्फत कोभिड-१९ को रोकथाम र नियन्त्रण नामक आयोजनामा निर्माण हुनेछ ।

उक्त परियोजना अन्तर्गत विनियोजन भएको भ्याटसहितको १० करोड ९९ लाख १८ हजार ५८७ रकमले शुभघाट, प्रगतिनगर, बुटुवल, निर्माणपोखरी र सुर्यविनायक गरी देशका विभिन्न स्थानहरुमा भवन निर्माण गर्न लागिएको निर्माण पक्षले बताएको छ ।
साथै उक्त भवन को जिम्मा प्यारामाउन्ट कन्सल्टेन्सी जिम्मा पाएको छ । स्वास्थ्य भवन निर्माण सुरु भएको एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने समेत कन्सल्टेन्सीले जनाएको छ

उक्त भवनको लागि १ करोड ५७ लाख रुपैंया विनियोजन गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्