२० माघ , विदुर । नेपालगन्जबाट काठमाडौँ तर्फ आउदै गरेको ना ६ ख ४०५ नम्बरको बस अनियन्त्रित भई शुक्रबार बिहान धादिङको मा दुर्घटना भएको छ । उक्त बस पल्टिँदा बसमा सवार ६ जना यात्रु घाईते भएका छ्न ।
घाइते हुनेमा मध्य बर्दियाको बारबर्दिया नगरपालिका–५ बस्ने २० बर्षीय सुरज तिमल्सिना, नवलपरासीको कावासोती नगरपालिका–२ सरस्वति चोक बस्ने ४० बर्षीया लक्ष्मी पाण्डे र सल्यानको बुङकोट नगरपालिका ७ बस्ने २१ बर्षीय सुरज विश्वकर्माको अवस्था गम्भीर रहेको छ प्रहरी कार्यालय बेनिघाटले जनाएको छ । साथै गम्भीर घाईतेहरूलाई उपचारको लागि काठमाडौँ ल्याइएको र बाँकी घाइतेको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ ।
अहिले उनीहरूको अवस्था सामान्य रहेको छ भने प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।