• ९ माघ २०८१, बुधबार

किसानको माग प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

२१ माघ,विदुर । चितवनका किसानहरूले तरकारीको उचित मूल्य नपाएको भन्दै चितवनका सडकमा तरकारी फालेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण भएको छ।

हिजो को उक्त आन्दोलनप्रति प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराउँदै माग सम्बोधनको आवश्यक पहल लिन निर्देशन दिएका छ्न ।

प्रधानमन्त्रीले चिवतनमा नै मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग तुरुन्तै छलफल गरि माग सम्बोधन गर्न निर्देशन दिएका हुन ।

प्रधानमन्त्रीको निर्देशन पश्चात् नै मन्त्री साहले सरोकारवाला समस्या समाधानमा आवश्यक कदम चाल्ने बताएकी छ्न भने आवश्यक थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई संग सहयोग लिने प्रतिबद्धता जनाएकी छ्न ।





प्रतिक्रिया दिनुहोस्