• ११ चैत्र २०७९, शनिबार

प्रथम तादी अध्यक्ष कप पुरुष भलिबलमा म्यागङ विजयी

२१ माघ,नुवाकोट । जिल्लाको तादी गाउँपालिमा प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधी म्यागङले हात पारेको छ। आज भएको फाइनल म्याच मा आयोजक तादी गाउँपालिकालाई पराजित गर्दै म्यागङ गाउँपालिकाको टिमले उपाधी जितेको हो ।

राष्ट्रियको लागी खेलकुद स्वास्थ्य को लागि खेलकुद बिकास को लागि खेलकुद नारासहित शुरु भएको प्रतियोगिताको प्रमुख अतिथिमा प्रतिनिधि सभा सदस्य माननिय हित बहादुर तामाङ रहेका थियो ।

त्यस्तै विशेष अतिथिहरुका रूपमा प्रतिनिधि सभा सदस्य माननीय रमेश कुमार महत र जि.स.स.प्रमुख राजेन्द्र बिक्रमसिंह ठकुरी रहेका थिए ।

बक्सर भाई कोच रहेको म्यागङ गाउँपालिकाको टिमले १ लाख ५० हजार ,दोस्रो हुन सफल तादि गाउँपालिकाको टिमले १ लाख पुरस्कार पाएको हो ।

त्यस्तै तेस्रो हुने पन्चाकन्या गाउँपालिकाको टिमले ५० हजार पुरस्कार प्राप्त गरेको हो भने बेस्ट प्लेयर अफ द म्याचको उपाधी म्यागङका आयुस खड्काले प्राप्त गरेका हुन ।





प्रतिक्रिया दिनुहोस्