• ११ चैत्र २०७९, शनिबार

चितवन २ मा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै आयोग पुगे उमेश श्रेष्ठ

२२ माघ,नुवाकोट । चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएर दाेस्रो स्थानमा रहेका
उनले आफुलाई विजयी घोषणा गर्नुपर्ने माग गरेका छ्न । १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेपछि उनले यस्तो माग गरेका हुन ।

लामिछाने को नागरिकता सम्बन्धि उजुरी परेपनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको भनाइ रहेकोे छ ।

साथै आइतबार आयोग पुगेर उनले लामिछाने को निवेदन प्रक्रिया नै रद्द भएपछि म हुँ लगाएत जित्ने र हार्ने दुबैलाई अन्याय भएको नजिर बसोस् भनेर आयोगमा आफू गएको उनको दावी रहेकोे छ ।





प्रतिक्रिया दिनुहोस्