२४ माघ, विदुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको सभापतिमा हरि श्रेष्ठ निर्वाचित भएका छन् ।
हिजो भएको रेडक्रसको ३४औं अधिबेशनबाट श्रेष्ठ निर्वाचित भएका हुन । श्रेष्ठ संग प्रतिद्वन्दी रहेका शिव गुणिलाई ९५ मलते पछि पार्दै श्रेष्ठ विजयी भएका हुन । नुवाकोट मा रेडक्रसको २३ उपशाखा र १३७ सदस्य रहेको थियो ।
उनले १११ मत ल्याउँदा प्रतिद्वन्धी शिव गुणीले १६ मत मात्र प्राप्त गरेका थिए ।
नयाँ कार्यसमितिको उपसभापतिमा निरञ्जनप्रसाद आचार्य, महिला उपसभापतिमा सुशिला चित्रकार, मन्त्रीमा उद्दव शर्मा रिजाल, उपमन्त्री प्रेमप्रसाद रिमाल र उपकोषाध्यक्षमा क्षेत्रबहादुर तामाङ निर्विरोध निर्वाचित भएका हुन।
त्यस्तै कोषाध्यक्षमा द्वय नवराज सुवेदी (९०) निर्वाचित भएका हुन ।
महिला सदस्यहरुमा सुशिला श्रेष्ठ (७५), निर्मला प्याकुरेल (६९) र पार्बती भट्ट हुँमागाई (६६) मत प्राप्त गरी निर्वाचित भएका छन् ।
सदस्यहरूमा विनोद पाठक (७६), रमेश गिरी (६०), ज्ञानेन्द्र गिरी (५६), रूपबहादुर तामाङ (५९), केशव कुमार सुबेदी (५५), राजकुमार भट्टराई (५०) र शंकर अमात्य (४८) मत ल्याएर निर्वाचित भएका छन् ।