• ३ चैत्र २०८१, सोमबार

वाग्मती प्रदेशका अस्पताललाई एम्बुलेन्स हस्तान्तरण , कुन कुन अस्पतालले पाए ?

२६ माघ, विदुर । वाग्मती प्रदेश सरकारले ७ वटा अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

कुल ३ करोड ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ७ वटा एम्बुलेन्स हिजो ७ वटा अस्पताल लाई हस्तान्तरण गरिएको हो ।

भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल ललितपुर, टोखा चण्डेश्वरी अस्पताल काठमाडौं, पशुपति चौलागाईं स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताल चितवनलार्इं गरि ७ वटा ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले जानकारी दिएका छ्न ।

सापकोटाका भनाइ अनुसार उक्त एम्बुलेन्स केन्द्रमार्फत गत वर्ष पनि ५ वटा एम्बुलेन्स खरिद गरी प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेशका सबै नागरिकहरुसम्म स्वास्थ्य सेवा पुग्न नसकेको र आगामी दिनहरू सजिलै सेवा लिन सकुन् भन्ने उदेश्य ले वितरण गरिएको बताएका छ्न ।

गरिब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायका नागरिकहरुको स्वास्थ्यमा पहुँचमा पुर्‍याउन सरकार गम्भीर भएर काम गरिरहेको समेत श्रेष्ठले जनाएका छ्न । साथै आगामी दिनमा सरकारले निःशुल्क प्रदान गर्दै आएको औषधि अभाव हुन नदिन पनि सरकार गम्भीर रूपमा लाग्ने उनले बताएका छ्न ।





प्रतिक्रिया दिनुहोस्