• २९ माघ २०८१, मंगलवार

सातौँ नुवाकोट महोत्सवको पुर्वसन्ध्यामा खुल्ला दौड प्रतियोगिता

२६ माघ,विदुर | सातौँ नुवाकोट महोत्सव भोलि बाट सुरु हुने भएको छ । त्यस्तै आज नुवाकोट उद्योग वाणिज्य संघको आयोजना र नुवाकोट फुटबल क्लब संघको समन्वय भएको प्रतियोगिता बट्टारदेखि त्रिशुलीसम्म खुला दौड प्रतियोगिता भएको हो ।

प्रतियोगिता महिला र पुरुष दुबै को भएको थियो जसमा महिलातर्फ बाट दिव्या लामाले प्रथम हुन सफल भएकि हुन भने सुप्रिया श्रेष्ठ दोस्रो र पार्वती प्रधान तेस्रो भएका थिए ।

त्यस्तै पुरुषतर्फ भएको दौडमा दिपक घले प्रथम भएका थिए भने भनेसुजन तामाङ दोस्रो र संजोग कोइराला तेस्रो भएका थिए ।

आज प्रतियोगिता मा विजयी हुनेहरुलाई नुवाकोट महोत्सव समारोहको एक कार्यक्रमका पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक सन्तोष उप्रेतीले जानकारी दिएका छ्न ।





प्रतिक्रिया दिनुहोस्