• २४ मंसिर २०८१, सोमबार

दुर्घटना लाई न्यूनीकरण गर्न जनचेतना दिदै गाउँगाउँ पुगे ट्राफिक प्रहरी

२६ माघ, विदुर । नुवाकोट मा दिनहुँ बढ्दै गइरहेको सवारी दुर्घटना लाई न्यूनीकरण गर्न उदेश्य ले जिल्ला ट्राफिक प्रहरी नुवाकोट को आयोजना र किस्पाङ गाउँपालिका को सहजीकरण मा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

किस्पाङ गाउँपालिका २ सातदोबाटो मा अवस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जोखिम नियन्त्रण तथा दुर्घटना कम गर्न ट्राफिक नियम सम्बन्धि जानकारी दिइएको थियो ।

युवाहरुमामाझ ट्राफिक नियम सम्बन्धि ज्ञान दिदै जादा आगामी दिनमा सवारी दुर्घटना कम हुने तथा दुर्घटना हुनबाट पुर्वसचेत रहनको लागी उक्त कार्यक्रम ले ठुलो सहयोग मिल्ने सोही वडाका वडा अध्यक्ष बद्री देवकोटाले बताएका छ्न ।

त्यस्तै किस्पाङ गाउँपालिका का उपाध्यक्ष अर्जुन प्रसाद न्यौपाने ले पनि उक्त कार्यक्रम लाई तारिफ गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम ल्याउन तत्पर रहेन र गाउँ टोल मा पनि अझै प्रभावकारी तवर गर्न कार्यविधि बनाउने बताएका छ्न ।

उक्त कार्यक्रमबाट आम विद्यार्थी मा दुर्घटना बाट थप सजक रहन मद्दत मिल्ने सोहो विद्यालय का प्रधानाध्यापक सुरेन्द्र राज भट्टले जानकारी दिएका छ्न ।

उक्त कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मिलनकुमार सिंहले प्रशिक्षण गरेका थिए ।

उनले ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कता, सवारीसाधनको सुरक्षा र चेकजाँच लगायतका सडक दुर्घटना पुर्व सुरक्षित रहन अपनाउनुपर्ने उपायको बारेमा प्रस्तुति दिएका भने विद्यार्थी लगाएत अन्य स्थानीय ब्यक्तिको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्