• २६ कार्तिक २०८१, सोमबार

अब जनसहयोग आधारभुत विद्यालयमा पुस्तकालय

२७ माघ, विदुर । शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको जनसहयोग आधारभुत पुस्तकालयको उद्धघाटन गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले गरेका छन ।

शिवपुरी गाउँ पालिका मुख्यत शिक्षा र स्वास्थ क्षेत्रमा केन्द्रित हुदै आइरहेकोमा अहिले उक्त पुस्तकालय संचालनमा ल्याउदा निकै खुसी भएको अध्यक्षले बताएका छ्न।

त्यस्तै उनले शैक्षिक सुधारको जग आधारभुत तहबाट बलियो बनाउदै लैजाने र तल्लो तहबाटै लगनशिल विद्यार्थी बनाउनुपर्नेमा जोड दिनुपर्ने समेत बताएका छ्न ।

अध्यक्ष थपलियाले आफ्नो कार्यकालमा शैक्षिक सुधारको लागि उल्लेखनीय कार्य गर्न चाहेको र पालिकाले साना बाल केन्द्रित रहेर काम गर्न बताएका छ्न ।

उक्त कार्यक्रमकै बहु आयाम मध्ये साना बालबालिकालाई माया तथा हेरचाहका साथ पठन पाठन गराउन सामुदायिक बिद्यालयहरुमा यस्ता पुस्तकालय तथा बाल केन्द्रित गतिबिधिहरु स्थापना गरिएको उहाँले बताउनुभएको छ । पालिकाले लिएको यस्तो निति र योजनाबाट आजै नतिजा नदेखिए पनि भोलीका दिन हाम्रा सामुदायिक विद्यालयहरुवाटै गुणस्तरीय शिक्षा दिन सक्षम हुने बताउनु भयो ।

विद्यालय व्यस्थापन समितिको अध्यक्षको सभापतित्वमा संचालित उक्त कार्यक्रममा वडा अध्यक्ष बिष्णु श्रेष्ठले वडा कार्यालयले पनि स्थानीय विद्यालय सुधारमा कार्यक्रम निति तथा सहयोग गरेको बताउदै आफु यस क्षेत्रमा हर समय सहयोग गर्ने बताउनुभएको छ । कार्यक्रममा रुडेक नेपालका अध्यक्ष मिनकुमार केसी, छिमेकी विद्यालयका प्र.अ गणेश प्रसाद सिटौलाले विद्यालयमा पुस्तकालयले निकै राम्रो काम गर्न बताएका थिए ।

आधारभुत तहको शैक्षिक स्तर बलियो नहुँदा विद्यार्थीको पठन क्षमता कमजोर हुने र अन्तत धेरै विद्यार्थीले कक्षा छोड्ने विभिन्न अध्यनयले देखाएको सन्भर्दमा रुम टु रिड को आर्थिक तथा प्राबिधिक सहयोगमा शिवपुरी गाउँपालिकासंगको साझेदारीमा साक्षरता कार्यक्रम संचालन गरिएको थियो ।

उक्त कार्यक्रम अन्तर्गत आधारभुत तहमा पठन शिप र पढ्ने बानीको विकासका लागि पुस्तकालय स्थापना गरी रहेको छ ।





प्रतिक्रिया दिनुहोस्