• २९ माघ २०८१, मंगलवार

नुवाकोट महोत्सवको पहिलो दिन नै आयोजनक को मनपरि, प्रशासन मौन

२८,माघ,विदुर । नुवाकोट महोत्सवका तीन स्टलमा उपहार र चिठ्ठाको नाममा जुवा खेलाईएको छ । उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका तीन सय स्टलमध्ये तीन स्टलमा निषेधित चिठ्ठा व्यापार गरिएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा १७ बुँदे शर्तसहित महोत्सव गर्न अनुमति पाईएकोमा पहिलो दिनदेखिनै आयोजकले अटेरीपन देखाएको छ ।

महोत्सव सञ्चालनको लागि प्रशासनद्वारा जारी अनुमति पत्रको बुदाँ नम्बर २ मा “जुवा, तास अन्य खेलहरु खेलाउन पाईने छैन” भनी उल्लेख गरिएको भएता पनि हिजो पहिलो दिनमा नै उक्त क्रियाकलाप भएको छ ।

हिजोबाट सुरु भएको महोत्सवमा कानुनी रुपमा चिठ्ठा सञ्चालन गर्नका लागि प्रशासनबाट कुनै पनि किसिमको अनुमानि लिइएको छैन तर पनि तीन स्टलमा भने चिठ्ठालाई आयोजकले अनुमति दिएको देखिएक छ ।

भाग्य हेर्न भनेर ”परे पुरस्कार नपरे नमस्कार” भन्दै खेल खेलाउन गरेको हो । उक्त स्टलमा ५० रुपैयाको टिकट काटेर नम्बर लिन हलगाउने र लिएको नम्बरमा तीरद्वारा निशाना लगाउनुपर्ने छ । तर उक्त क्रियाकलाप हुदा पनि प्रशाशन भने मौन रहेकोे छ ।





प्रतिक्रिया दिनुहोस्