• २९ जेष्ठ २०८३, शुक्रबार

सुजिम बजार को त्रिशुली मा शाखा विस्तार

२८ माघ,विदुर । सुजिम बजारले त्रिशुलीमा आफ्नो पहिलो शाखा विस्तार गरि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाट विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले गरेका हुन् ।

नगरप्रमुख श्रेष्ठले उद्घाटन गर्दै निजी क्षेत्रलाई स्थानीय सरकारले अघि बढाएको सार्वजनिक साझेदारी अवधारणा अन्तर्गत निजीलाई सँगसँगै लिएरमात्र राष्ट्रको विकास सम्भव हुने भएकोले स्वस्थ निजी क्षेत्रलाई प्रवर्द्धन गराएर कलकारखाना, उद्योग भित्याउन सक्षम रहने बताएका छन् ।

उनले शाखा जिल्लामा मात्र सिमित नभई राष्ट्रियस्तरको ब्राण्डमा विकास हुन शुभकामना व्यक्त गरेका थिए हुन ।

कोलनीमा मुख्य कार्यालय रहेको सुजिमले उपभोक्ताको जीवनशैलीलाई ध्यानमा दिएर आधुनिक प्रविधिसहितको सामाग्री किनमेल गर्ने विकासको लागि शाखा विस्तार गरिएको बजारका प्रबन्धक सुजिम श्रेष्ठले छन् । साथै निकट भविष्यमा जिल्लाका मुख्य बजार क्षेत्रमा आफ्नो शाखा विस्तार गर्ने लक्ष्य रहेको उनले बताएका हुन ।

साथै शुभारम्भको अवसरमा निश्चित सामानहरुमा १० देखि २० प्रतिशतसम्मको छुटको व्यवस्था रहेको छ ।





प्रतिक्रिया दिनुहोस्