• ६ चैत्र २०८१, बिहीबार

यातायात मजदुरहरुको माग आज सरकार समक्ष छलफल हुने

२ फागुन,विदुर । आन्दोलनरत यातायात व्यवसायी तथा यातायात मजदुर र सरकारबीच छलफल हुने भएको छ । मजदुरलाई छलफलका लागी आज बोलाएको हो ।

बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिएका छ्न ।

त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै आज काठमाडौँ उपत्यकाभित्र सार्वजनिक यातायातमा नचलाउने भनेका गरेका थिए । भने अहिले काठमाडौ को अधिकांश सडकमा सार्वजनिक यातायात बन्द छन । जस्ले गर्दा बिहानैदेखि नै सर्वसाधारण मर्कामा परेका छन्।





प्रतिक्रिया दिनुहोस्