• १० बैशाख २०८२, बुधबार

ल्होत्से महलमा लुटपाट गर्न चार जना पक्राउ

३,फागुन,नुवाकोट । जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै बालाजु ल्होत्से महलमा चोरी गरेको आरोपमा चार जना आरोपितलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिएका छ्न ।

गत सोमबार बालाजुमा यातायात मजदुरले गरेको आन्दोलन गरेका थिए सोही आन्दोलन को बेला पारेर साँझ ६ बजे तिर ल्होत्से मलको एसिडिसी मोबाइल प्रालि, डायमोन्ड मोबाइल प्रालि र सुपर मार्केटमा मोबाइल, चार्जर लगायत सामान चोरी गरेका थिए।

चोरी गर्नेमा दैलेख घर भई काठमाडौंको तार्केश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौंको सामाखुसी बस्ने ३५ वर्षीय नविन खड्गी, रूपन्देही खैरेनी घर भई काठमाडौं-२२ बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भू बस्ने १८ वर्षीय प्रदीप बस्नेत रहेका छ्न ।

साथै एउटा डिजिटल घडी, चार्जर, दुइटा एयरफोन, मोबाइल दुइटा, चार हजारको मोबाइल फोन लगायतका सामान समेत उनीहरुबाट प्रहरीले बरामद गरेको छ ।

उनीहरूमाथि अहिले थप अनुसन्धान भैरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस्