• १ माघ २०८१, मंगलवार

प्रजातन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी परिसर मा वृक्षरोपण कार्यक्रम

६, फागुन,नुवाकोट । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पारेर आज शनिबार जिल्ला प्रहरी कार्यालयको हुम्ला परिसर भित्र विभिन्न प्रजातिका विरुवाहरु बृक्षारोपण कार्यक्रम गरेको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको आयोजना आफनै उद्यान वरपरी हरियाली बनाउने उदेश्यले बृक्षारोपण गरिएको प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताएका छ्न ।

बृक्षारोपण कार्यक्रम भट्टराईको संयोजकत्वमा कार्यालयमा कार्यरत प्रहरीको टोलिले उद्यानमा बृक्षारोपण गरेका हुन् ।

प्रहरी कार्यालय परिसर भित्रको उद्यानमा १० बोट धुपीसल्ला ,१३ बोट गोर्बेसल्ला, २ हाते उत्तिस , २ बोट हारे ओखर र ३ बोट बैस गरी जम्मा ३० वटा प्रजातिका बिरुवाहरु बृक्षारोपन जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

मुलुकमा प्रजातन्त्र स्थापना भएको लामो अवधि भएको र यसको संस्थागत बिकासका लागि बिरुवा रोपेर मनाएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्