७ फागुन,विदुर । विश्व हिन्दु विद्यार्थी संंघको केन्द्रिय सदस्यमा नुवाकोटका सुजन तिम्सिना चयन भएका छन्।
हिजो बसेको केन्द्रीय सचिवालय बैठकमा तिम्सिना सहित ८१ जना अन्य विद्यार्थीहरुलाइ केन्द्रीय सदस्यमा चयन गरिएको हो ।
लामो समयदेखि विश्व हिन्दु विद्यार्थी संंघमा क्रियाशील भइ आएका विद्यार्थी नेता तिम्सिनालाई संघले नुवाकोट जिल्लाबाट संघको केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरिएको हो । त्यस्तै तिम्सिनाका अनुसार आधुनिकताको विकाससँगै विद्यार्थीहरू कूलत, दुर्व्यसनीमा फसिरहेका छ्न यस्तो अवस्थामा विश्व हिन्दु विद्यार्थी संघले विद्यार्थीलाई सत्मार्गमा डोर्याउने बताएका छ्न ।
त्यस्तै विद्यार्थीलाई सानैदेखि सांस्कृतिक, धार्मिक कुरामा सचेत गराउँदै सत्मार्गमा डोर्याएर समाजमा शान्ति र सद्भाव कायम गर्नु हाम्रो उद्देश्य ले यश संघ मा जोडिएको समेत तिमल्सिनाले बताएका छ्न ।
विश्व हिन्दु युवा संघद्वारा जारी विज्ञप्तिमा’ज्ञान र मानव सभ्यताको उद्भव भएको संसारको शिर गोरक्षभूमि नेपाललाई विश्व शान्तिको लागि पुनः विश्व गुरु राष्ट्रमा स्थापित गराउन विश्व हिन्दु युवा संघले अगाडि सारेको ५ ‘ग’ को सिद्धान्त गोरक्षनाथ, गाई, गाँउ, गाँजा (आयुर्वेद) र ज्ञान (वेद) लाई आत्मसाथ गरि राष्ट्र, राष्ट्रियता, मानवता र विश्व शान्तिको लागि आरध्यदेव पशुपतिनाथलाई साक्षि राखेर मन, बचन र कर्मले विश्व हिन्दू युवा संघलाई सहि गन्तव्यमा पुयाउन समर्पित हिन्दु विद्यार्थीहरुको केन्द्रीय समिति’को केन्द्रिय सदस्यमा मनोनीत गरिएको जनाएको छ।