१०,फागुन, विदुर । एमाले उपाध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति बन्न नहुने बताएका छन्।
उनले एक कार्यक्रम विच बोल्दै ‘मैले कोही व्यक्ति विशेषलाई भन्न खोजेको होइन। शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई जो कोही भए पनि राष्ट्रपति बन्न मिल्दैन,’
त्यस्तै उनले छिमेकी देश भारत को कुरालाई जोडेर ‘कार्यकारी अधिकार लिएर काम गरेको व्यक्ति आलंकारिक पदमा बस्दा समस्या हुन सक्छ बताएका छन ।
साथै उनले प्रधानमन्त्री बनेको व्यक्ति राष्ट्रपति बनेमा नेताहरू पद पाएपछि जहाँ पनि बस्न तयार हुन्छन् भन्ने आरोप लाग्ने समेत बताएका छ्न ।
नेम्वाङ का अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको लागि प्रस्ताव राखेको भन्ने विषय गलत रहेको उनले बताएका छ्न ।