• ४ चैत्र २०८१, मंगलवार

सातौं नुवाकोट महोत्सबको आयोजकले समयमै माफी नमागे आन्दोलनमा उत्रने राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको चेतावनी

११ फागुन, विदुर । सातौं नुवाकोट महोत्सबमा स्थानीय कलाकार माथी आयोजकले दुव्र्यबहार गरेको भन्दै राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोटले आपत्ती व्यक्त गरेको छ ।

हिजो बुधबार संघले काठमाण्डौंमा पत्रकार सम्मेलन गदै महोत्सबमा प्रस्तुती दिने क्रममा संघकी कोषाध्यक्ष समेत रहेकी ऐलिना गुरुङलाई आयोजकले माइक खोस्ने र अपशव्द बोल्दै जस्ता दुव्र्यबहार गरेको बताएकि छिन् । उनले प्रस्तुती दिंदै गरेको समयमा गुरुङको माइक खोसीएको भिडियो अहिले सामाजीक सञ्जालमा समेत भाइरल भइरहेको छ ।

यसै विषयलाई लिएर संघले उक्त दुव्र्यवहार प्रति खेद प्रकट गरेको छ भने आयोजकहरुले सार्वजनीक रुपमा माफि माग्नुपर्ने माग गरेका छ्न । संघले आगामी दिनमा पनि नुवाकोट यस्ता दुव्र्यवहार हुन सक्ने भन्दै नुवाकोट महोत्सबमा जिल्लाका कलाकारमाथी सम्मान जनक व्यबहारको सुनिश्चीतता गर्नुपर्ने माग गरेको हो ।

हिजो भएको पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी संघ बाग्मती प्रदेशका अध्यक्ष रामहरी भण्डारीले जिल्लामा भइरहेको कार्यक्रममा जिल्लाकै कलाकारमाथी आयोजकबाट दुव्र्यबाहर हुनु दुखद रहेको बताँउदै गल्ती स्वीकार गरि कलाकारमाथी माफि नमागीए संघले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छ्न ।

राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोटका निर्वतमान अध्यक्ष दिनेश तामाङले आयोजकहरुकै आग्रहमा आफुले जिल्लाका कलाकारहरुलाई नुवाकोट महोत्सबमा उपस्थीति गराएको बताँउदै महिला कलाकारमाथी आयोजकबाट भएको दुव्यवहारले कलाकारीता क्षेत्रमाथीनै अपमान भएको समेत बताएका छ्न ।

तामाङले नुवाकोट महोत्सबका आयोजकहरुले कलाकारहरुसंग अबिलम्ब माफि मागेर संघ संग वार्तामा आउन आग्रह समेत गरेका थिए ।

साथै अर्का राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोटका बरिष्ठ उपाध्यक्ष कुमार लामाले नुवाकोट महोत्सबमा कलाकारकाहरुलाई दिएको पारिश्रमिक सार्वजनिक गर्न समेत आग्रह गरेका छन् ।

त्यस्तै राष्ट्रिय संगीतकर्मी संघका प्रवक्ता समेत रहेका सन्दिप कुमार तामाङ का अनुसार स्थानीय कलाकारहरुलाई पारिश्रमिक स्वरुप छ जना कलाकार लाई जम्मा नौ हजार दिइए आयोजकले कलाकार को धज्जी उदाएको आरोप लगाएको छन । उनका अनुसार खाली हात के पठाउनु भन्दै गाडी भाडा समेत नपुग्ने पारिश्रमिक दिएको जस्तो गरेको समेत बताएका छन ।

त्यस्तै राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोटका उपाध्यक्ष महेन्द्रमान तामाङले महोत्सबको नाममा आयोजकहरुले कलाकारहरु देखाएर पैसा कमाउने धन्दा बढेको ले गर्दा कलाकारीता क्षेत्र छाँयामा पर्दै आएको समेत बताएका छ्न ।

राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोटका प्रथम उपाध्यक्ष अर्चना स्याङतानले आफ्नै जिल्लामा भएको महोत्सबमा आयोजकबाट दुव्र्यबहारको घटना निन्दनीय रहेको बताएकी छिन ।

संघकि कोषाध्यक्ष एलिना गुरुङले नुवाकोट महोत्सबमा बोल्ने क्रममा आफुमाथी आयोजकबाट माइक खोस्ने देखि अपशव्द सम्म बोल्ने काम भएको भन्दै महोत्सबमा उदण्ड व्यवहार देखाउनेहरु माथी कारबाही हुनुपर्ने बताएकी छिन् ।

उनले भनिन् “ नुवाकोट महोत्सबमा जिल्ला बाहिरबाट कलाकारसाथीहरु प्रस्तुती दिन आउनुभयो भन्नेमा हाम्रो कुनै बिरोध छैन् तर जिल्लाका साथीहरु तिमिहरु केहि हैनौ भन्ने व्यवहार आयोजकले देखाए त्यसमा हाम्रो बिरोध हो ।”

नुवाकोट महोत्सबमा निमन्त्रण दिने क्रममा आयोजकहरुले आफुहरुलाई दिँउसो १ बजे देखि २ बजे सम्म प्रस्तुतीको लागि समय तोकेपनि कार्यक्रममा उपस्थीत भएपछि साँझ मात्र समय दिएको गुनासो व्यक्त गरेका छन भने स्थानीय कलाकारहरुलाई आयोजकले एकछिन पछि भन्दै कुराएर साँझ सम्म कुराएर त्यतीकै घर र्फकाउने जस्तो नियत आयोजकले देखाए आरोप लगाएका छ्न ।

कार्यक्रममा प्रस्तुती दिने क्रममा आफुले कुनै अपशव्द र नराम्रा कुरा नबोलीएको बताँउदै एलिनाले आफुले बोलिएको कुराहरु सामाजीक सञ्जालमा सबैले हेर्न सकिने दावी गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोटका सचिब करण तामाङले कला, संस्कृति जगेर्ना गर्न आयोजना गरिएको महोत्सबमा कलाकारहरुमाथीनै दुव्यवहार गरेर कस्तो खालको संस्कृतिको जगेर्ना गर्न खोजिएको भन्दै आयोजक माथी तेर्साएरका छ्न

तामाङले आयोजकले समयमानै माफि नमागेमा अझै आवाज बुलन्द गराएर आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छ्न ।





प्रतिक्रिया दिनुहोस्