१२ फागुन, विदुर । विराटनगरमा फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको दोस्रो राष्ट्रिय महाधिवेशनबाट नुवाकोटका विदुर नगरपालिका ८ का युवा कमल श्रेष्ठ केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।
कुमाल ले निर्वाचित पश्चात् बोल्दै उनले भने ” मलाई केन्द्रिय कमिटी जस्तो गरिमामय पदमा बिजय गराउन सहयोग गर्नुहुने अग्रज,सहयोद्धा साथीहरु,विभिन्न कमिटीमा रहनुहुने कमरेडहरुमा हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दछु । “
त्यस्तै उक्त महासंघको अध्यक्षमा सर्वसम्मत रुपमा पर्शुराम बस्नेत निर्वाचित भएका हुन । त्यस्तै निवर्तमान संयोजक बस्नेत निर्वाचित हुँदा पदाधिकारी र आयोगका पदाधिकारी भने केही दिनपछि मात्रै टुगो लगाइने बताइएको छ ।
बस्नेत नेकपा एमाले प्रदेश १ का सचिवालय सदस्य समेतको जिम्मेवारीमा छन् । बन्द सत्रको दौरानमा अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको दुर्घटनामा परी निधन भएपछि बन्दसत्रको हलले सर्वसम्मत नेतृत्व चयन गर्न म्याण्डेड दिएको थियो ।
महाधिवेशनले अध्यक्ष बस्नेतसहित १७१ सदस्य केन्द्रीय कमिटी घोषणा गरेको छ । टुंगिन बाँकी रहेका पदहरु फागुन अन्तिम साता बस्ने केन्द्रिय कमिटीको बैठकबाट टुङ्गो लाग्न जानकारी दिएका छ्न ।