• १ माघ २०८१, मंगलवार

समाजसेवी युवा नेता सुशील खड्का द्वारा नुवाकोट का राष्ट्रिय कराते खेलाडी देव कुमार तामाङ लाई आर्थिक सहयोग प्रदान

१३ फागुन,नुवाकोट । हालै मात्र बंगलादेश मा सम्पन्न भएको एसियन कराते च्याम्पियन सीप प्रतियोगितामा नेपाल बाट स्वर्ण पदक विजेता हुन सफल भएका नुवाकोट का करातेका राष्ट्रिय खेलाडी देव कुमार तामाङ लाई समाजसेवी तथा नेकपा एमाले का युवा नेता सुशील खड्काले आर्थिक सहयोग गरेका छ्न ।

आज नुवाकोट को विदुर मा भएको एक कार्यक्रम विच नेता खड्काले खेलाडी का लागि कुनै पनि निकायले त्यति चासो नदिएको देख्दा निकै दुखित भएको भन्दै उनले खेलाडीका लागि आगामी दिनमा दुबैमा हुन गइरहेको वल्र्ड ओपन कराते च्याम्पियनसिपका लागी पनि सफलता को शुभकामना दिदै थप हौसला स्वरुप आर्थिक सहयोग गरेको बताएका छ्न ।

उनका अनुसार उनलाई यस पुन्यको काम गर्न अवसर दिएको मा पुर्व खेलाडी तथा राष्ट्रिय संगीतकर्मी संघ नुवाकोट का प्रवक्ता समेत रहेका सन्दिप कुमार तामाङ लाई पनि धन्यवाद दिएका छ्न ।

साथै खड्का ले आगामी दिनमा पनि यस्तै मिहिनेती खेलाडी तथा अन्य क्षेत्रमा रहेका ब्यक्तिलाई आफुले सक्ने सहयोग गर्न प्रतिबद्धता समेत व्यक्त गरेका छ्न ।

त्यस्तै उक्त कार्यक्रम कै विच समाजसेवी विजय कुमार स्याङ्ताङले पनि सहयोग गरेका थिए । स्याङ्ताङ का अनुसार नेता खड्काले गरेको सहयोग मा आफुले पनि सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताएका छ्न भने आगामी दिनमा पनि यस्तै सहयोग गर्न समेत बताएका छ्न ।

खेलाडी देव कुमार तामाङ ले पनि उक्त सहयोग प्रती कृतज्ञता ज्ञापन गर्दै उहाँले भने ” सर्वप्रथम त सबैमा नमस्कार , म आज निकै खुसी छु , मलाई यस कार्यक्रम मा सहयोग गर्नुहुने सम्पुर्ण लाई विशेषत धन्यवाद भन्न चाहान्छु , आगामी दिनमा पनि यहाँहरुको यस्तै साथ सहयोग तथा सल्लाह सुझावको अपेक्षा गर्दछु , खेलाडी को हौसला स्वरुप प्रदान गर्नुभएको यो गुण म सदैव सम्झिरहेने छु र देश को नाम सदैव राख्न प्रयत्न गर्नेछु अन्त्य फेरि पनि सहयोग गर्नुहुने सम्पुर्ण लाई धन्यवाद “

समाजसेवी तथा एमाले नेताले विगतका दिनमा पनि गरिव दिन दुखी तथा आर्थिक रूपमा विपन्न , निम्न वर्गका मिहिनेती जेहन्दार विरामी तथा गरिबीको रेखामुनि रहेका बालबालिका तथा अन्य ब्यक्तिहरुलाई सहयोग गर्दै आउनुभएको छ ।भने हाल उहाँ राष्ट्रिय संगीतकर्मी को वरिष्ठ सल्लाहकार मा समेत रहनु भएको छ ।





प्रतिक्रिया दिनुहोस्