• २ फाल्गुन २०८१, शुक्रबार

बाग्मती प्रदेशमा पनि दिए राप्रपाका मन्त्रीले राजीनामा

१४ फागुन, नुवाकोट । बाग्मती प्रदेशका, राप्रपाका मन्त्रीहरुले हिजो शनिबार बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई संयुक्तरूपमा राजीना पत्र बुझाएका छन् ।

हिजो शनिबार राति ८ बजे राप्रपाका तीनै जना मन्त्रीले हेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर राजीनामा पत्र बुझाएका थिए ।

राप्रपाबाट बाग्मती प्रदेशमा खानेपानी मन्त्री उद्धव थापा त्यस्तै ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ र उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री रहेका थिए । भने हिजो साँझ राजिनामा पत्र बुझाउदै सरकारबाट बाहिरिका छ्न ।

उक्ति राजीनामा पत्रमा यस्तो लेखिएको छ , ‘हालै विकसित राजनैतिक घटना क्रमका कारण हामी तीनै जना मन्त्रीहरुले संयुक्तरुपमा राजिनामा पेश गर्दछौं हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीले यस ( तपाईंको ) नेतृत्वमा रहेको सरकारलाई दिँदै आएको समर्थनसमेत आजैका मितिबाट फिर्ता लिएको जानकारी गराउँदछौं ।’

हिजो दिउँसो संघमा सरकारबाट बाहिरिएपछि प्रदेशमा पनि राप्रपा बाहिरिएको हो ।





प्रतिक्रिया दिनुहोस्