१८,फागुन, विदुर । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका भवन भित्र हिजो बुधबार राती चोर पसेको छ । चोरले पालिका भवन का साथै स्थानीय घरहरुमा पसेर चोरी भएको पालिका अध्यक्ष आशा तामाङले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार पालिका भवन भित्रका दराजहरु फुटाउएर त्यहाँका फाइलहरु जताततै फालिएको र सिसि क्यामेरा समेत फुटाइएको उहाँको भनाइ रहेकोे छ ।
साथै अध्यक्ष तामाङ का अनुसार अहिले सम्म के कति क्षति भएको पुर्ण विवरण संकलन भैरहेको बताएका छ्न भने भएपनि एउटा ल्यापटप भने सोही भवनबाट चोरी भएको बताउनुभएको छ ।
अहिले उक्त घटनामा अनुसंधान भैरहेको समेत अध्यक्ष तामाङ बताउनु भएको छ ।