• १ माघ २०८१, मंगलवार

दुप्चेश्वरमा वडा स्तरीय बाल अधिकार समिति गठन

दुप्चेश्वर गाउँपालिका ६ वटा वडामा वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको छ ।
गाउँपालिकाको ७ वटा वडा नम्बर वडा नम्बर ६ मा समिति गठन गर्न बाँकी रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्मला लामिछानेले बताउनुभएको छ । बालबालिकाको क्षेत्रमा आइपर्ने समस्याहरु वडा स्तरबाटै समाधान गर्न सहजिकरण गर्ने र हरेक क्षेत्रमा बालबालिकाको अर्थपूर्ण सहभागिता बढाउने उदेस्यको साथ वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको बाल कल्याण अधिकारी समेत रहनुभएका शाखा प्रमुख लामिछानेले बताउनुभएको छ ।
वडा अध्यक्षको संयोजकत्वमा वडा सचिव सदस्य सचिव रहने गरी १३ सदस्यीय गठन गरिएको बाल अधिकार समितिमा शिक्षक, विद्यार्थी, स्वास्थ्य स्वयंंशेविका, महिला तथा आमा समूह, बालबालिकाको क्षेत्रमा काम गर्ने गैर सरकारी सस्था, प्रहरी, बाल क्लव, अपांगता भएका व्यक्ति, आदिवासी जनजाती लगायत वर्गबाट प्रतिनिधित्व रहने उहाँले बताउनुभएको छ ।
वडा स्तरमा गठित बाल अधिकार समितिबाट हुन नसकेका विषयबस्तुको संवोधन पालिकास्तरको बाल अधिकार समितिले गर्नेछ । गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङको संयोजकत्वमा पालिका स्तरीय बाल अधिकार समिति गठन भइसकेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्मला लामिछानेले बताउनुभएको छ । ग्रामिण विकास तथा शशक्तिकरण केन्द्र (रुडेक नेपाल) द्धारा गुडनेवर्स इन्टरनेशनल नेपालको सहकार्यमा आइसिडिपि परियोजना अन्तर्गत रहेर दुप्चेश्वर गाउँपालिका बाल अधिकार समिति गठन गरिएको हो ।





प्रतिक्रिया दिनुहोस्