नुवाकोटको जनसंख्या २ लाख ६३ हजार ३ सय ९१ रहेको छ ।
केन्द्रीय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदन अनुसार नुवाकोटमा १ लाख २८ हजार ९ सय ९८ पुरुष, १ लाख ३४ हजार ३ सय ९३ महिला रहेको छ । नुवाकोटको १२ स्थानीय तह मध्ये सबै भन्दा बढी जनसंख्या विदुर नगरपालिकामा र कम जनसंख्या म्यागङ गाउँपालिकामा रहेको छ । विदुर नगरपालिकाको ५९ हजार २ सय २७ र म्यागङ गाउँपालिकाको जनसंख्या १२ हजार ६ सय ६८ रहेको छ ।
त्यस्तै वेलकोटगढी नगरपालिकाको ३५ हजार २ सय २४, दुप्चेश्वर गाउँपालिकाको २१ हजार ५, ककनी गाउँपालिकाको २४ हजार ५ सय ४, किस्पाङ गाउँपालिकाको १४ हजार २ सय ३५, लिखु गाउँपालिकाको १७ हजार ७ सय २८ र पञ्चकन्या गाउँपालिकाको १३ हजार ८ सय १८ जनासंख्या रहेको छ ।
यस्तै शिवपुरी गाउँपालिकाको १७ हजार २ सय ३, सूर्यगढी गाउँपालिकाको १४ हजार ९ सय १९, , तादी गाउँपालिकाको १५ हजार ९ सय ३३, तारकेश्वर गाउँपालिकाको १४ हजार १ सय ८४ जनसंख्या रहेको केन्द्रीय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार नुवाकोटमा संस्थागत जनसंख्या २ हजार ७ सय ४३ रहेको छ ।
समग्रमा नुवाकोटको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर माइनस ० दशमलव ५ (–०.५) प्रतिसत रहेको छ ।
अघिल्लो जनगणना विसं २०६८ को भन्दा १४ हजार ८० जनसंख्या कम रहेको प्रतिवेदनमा उल्लेख छ । विसं २०६८ को जनगणना अनुसार नुवाकोटको जनसंख्या २ लाख ७७ हजार ४ सय ७१ रहेको थियो ।