• २२ मंसिर २०८१, शनिबार

सबै बिद्यार्थीकाे प्रतिनिधित्व हुने गरि काम गर्छु- सभापति दाहाल

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा स्वतन्त्र विद्यार्थी युनियनका निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ । गत चैत्र ५ गते सम्पन्न भएकोे स्वबियु निर्बाचनबाट निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई मंगलबार एक कार्यक्रमको बिच सपथ ग्रहण तथा प्रमाणपत्र बितरण गरिएको हो ।
सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै क्याम्पस सञ्चालन समिति अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पसको शैक्षिक र भौतिक गुणस्तर वृद्धि गराउन स्वबियु समतिले पनि विशेष पहल कदमी गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा नबनिर्बाचित स्वबियु सभापति रबिन दाहालले विद्यार्थीहरूको हक हित र अधिकारको लागि सदैव लागिरहने प्रतिबद्धता जनाउनुभएको छ । साथै, उहाले विद्याथीहरुको हरेक मुद्दामा आवाज उठाई क्याम्पसको उन्नयनको लागि सबै विद्यार्थी सङ्गठनसग पनि सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख सुकुमान डङ्गोल, प्राध्यापक सङ्घको अध्यक्ष जितेन्द्र अर्याल, स्वबियु निर्बाचन समितिका मूख्य निर्वाचन अधिकृत सरोज बोगटी, स्वबियु सचिब राजेन्द्र पनेरु लगायतले सम्पुर्ण बिद्यार्थीहरुको प्रतिनिधित्व हुने गरी क्याम्पसमा गुणस्तर शिक्षा प्रदान गर्न स्वबियु समिति लागि पर्नुपर्ने बताएका छन् । गत चैत्र ५ गते भएको निर्बाचनमा संयुक्त प्यानल, अनेरास्ववियु, स्वतन्त्र समूह र अखिल क्रान्तिकारी (बिप्लब) गरी ४ समूह बिच चुनावी प्रतिष्पर्धा भएको थियो । संयुक्त प्यानलका सभापतीमा रविन दहाल, सचिवमा राजेन्द्र पनेरु र कोषाध्यक्षमा मनोज पौडेल विजयी भएका थिए ।
यस्तै सदस्यहरुमा अश्विन रिमाल, जनक भट्ट, सन्तोष पन्त, संचिता रिमाल, सुप्रिया पौडेल, अस्मिता पौडेल र प्रदिप ढुंगाना विजयी भएका थिए ।





प्रतिक्रिया दिनुहोस्