• ४ चैत्र २०८१, मंगलवार

खुल्ला फुटसल प्रतियोगितामा नुवाकोट युनाइटेडलाई हराउँदै प्रहरी विजयी

१८ चैत नुवाकोट – नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा आयोजित खुल्ला फुटसल प्रतियोगितामा नुवाकोट युनाइटेड फुटसल क्बललाई २–१ गोल अन्तरले पराजित गर्दै जिल्ला प्रहरीको टोली विजयी भएको छ । नेपाल खेलकुद महासंघ समाजवादी नुवाकोटद्धारा आयोजित प्रतियोगिताको फाइनलमा प्रहरी विजयी भएको हो ।

प्रतियोगिताको उपाधि विजेता नेपाल प्रहरीको टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता नुवाकोट युनाइटेडले ५ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई पुर्व सांसद राजेन्द्र प्रकाश लोहनी लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै पुर्व सांसद लोहनीले नुवाकोटमा पछिल्लो समय फुटसल लोकप्रिय बन्दै गएको भन्दै खुशी व्यक्त गरे । उनले फुटसल खेललाई व्यवसायीकरण गर्न सके नुवाकोटलाई खेल पर्यटनको माध्यमबाट चिनाउन सकिने बताए ।

कार्यक्रममा नेकपा समाजवादी नेता पदम उप्रेती, राजु सडौला, विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे लगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्