• १७ फाल्गुन २०८०, बिहीबार

सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिसत छुट

विदुर । परिचय पत्रको आधारमा विद्यार्थीलाई सार्वजनिक सवारी साधानमा ४५ प्रतिसत छुट दिने निर्णय भएको छ ।
यातायात व्यवसायी, जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोट र विद्यार्थीहरु बिचको छलफलले यस्तो निर्णय गरेको हो । नेपाल सरकार र केन्द्रीय स्तरको यातायात व्यवसायीले यस अघि नै परिचय पत्रको आधारमा विद्यार्थीलाई सार्वजनिक सवारी साधानमा ४५ प्रतिसत छुट दिने निर्णय गरेको थियो । तर नुवाकोटमा उक्त निर्णय कागजमा नै सिमित भए पछि स्वतन्त्र विद्यार्थी युनियन नुवाकोट आदर्श बहुमुखी क्याम्पसले गत हप्ता सार्वजनिक सवारी साधानमा विद्यार्थीलाई छुट दिनुपर्ने माग राखेर प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापन पत्र बुझाएको थियो ।
उक्त ज्ञापन पत्रको आधारमा आइतवार बसेको यातायात व्यवसायी, जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोट र विद्यार्थीहरु बिचको छलफलले परिचय पत्रको आधारमा विद्यार्थीलाई सार्वजनिक सवारी साधानमा ४५ प्रतिसत छुट दिनै पर्ने सहमती भएको स्वतन्त्र विद्यार्थी युनियन नुवाकोट आदर्श बहुमुखी क्याम्पसका सभापती रविन दाहालले जानकारी दिनुभएको छ ।
कुनै पनि सार्वजनिक सवारी साधनले विद्यार्थीलाई परिचय पत्रको आधारमा छुट नदिएमा जानकारी गराउन समेत सभापती दाहालले आग्रह गर्नुभएको छ । विद्यार्थीलाई छुट नदिने सवारी साधनको नम्बर उपलव्ध गराउँन समेत उहाँले आग्रह गर्नुभएको छ । विद्यार्थी मार्फत गुनासो आएमा त्यस्ता सवारी साधानलाई तत्काल कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटका प्रमुख मिलनकुमार सिंहले प्रतिवद्धता जनाउनुभएको छ ।
छलफलमा व्यवसायीको तर्फबाट लामो तथा छोटो दुरीमा सवारी साधान संचालन गर्दै आइरहेको नमस्ते पासाङ ल्हामु प्रा.लि., टिमुरे यातायात प्रा.लि., छाङेश्वरी यातायात प्रा.लि. र नेपाल माइक्रो यातायातका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्