नुवाकोट , रास्ट्रिय संगीतकर्मि सघ जिल्ला कार्यसमिति रसुवाको आयोजनामा प्रथम लामटाङ मुजिक अवार्ड सम्पन्न भएको छ।संगीतकर्मि सग रसुवा का अध्यक्ष दावा फिन्जो तामाङ को पहल र अध्यक्षता मा रसुवाको स्याप्रुबेसिमा रास्ट्रिय स्थरका ख्याति प्राप्त बिभिन्न बिधाका कलाकार को बेजोडको प्रस्तुति सहित रसुवा को पहिचान बोकेको स्याप्रु गित संगीत मा रास्ट्रिय कलाकार हरु मन्त्र मग्न भइ झुमेको थियो ।राष्ट्रिय संगीतकर्मि सग रसुवाका अध्यक्ष दावा फिन्जो का अनुसार रसुवाको धार्मिक सास्कृतिक कला र पर्यटन बिकाश र प्रबर्द्धन गर्न र आन्तरिक पर्यटकको आगमनमा समेत वृद्धि गराउन यो मुजिक अवार्ड ले ठुलो भुमिका खेल्नि बताउनु भयो।साथै रास्ट्रिय संगीतकर्मि सग रसुवा जिल्ला कार्य समितिको बैशाख २२गते सम्पन्न छैठौं साधारण सभा तथा तेस्रो जिल्ला अधिबेशन बाट पाराङ तामाङ को नेतृत्व मा नया कार्यसमिति चयन भएको छ।सगितकर्मि सग रसुवाका निबर्तमान प्रबक्ता स्याममाया तामाङ का अनुसार अध्यक्षमा पाराङ तामाङ उपाध्यक्ष मा हिस्से साङ्बो तामाङ महासचिवमा सुमन घले र कोषाध्य्कमा स्याम माया तामाङ निर्बिरोध निर्वाचित हुनु भएको बताउनु भयो।आमा छेदुङमो गाउपालिका अध्यक्ष भुचुङ तामाङ को प्रमुख आतिथ्य र पुर्ब जिबिश सभापति समाजसेबि मिलन तामाङ को विशेष आतिथ्य र सगितकर्मि सङ रसुवा का नि बर्तमान अध्यक्ष दावा फिन्जो तामाङ को सभापतित्योमा अधिबेशन सु सम्पन्न भएको थियो।