नुवाकोट – भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे २८ बर्षपछि नेपाल भ्रमण आएका छन् । नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रवार ताइसितुपा नेपाल आएका हुन् ।
भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आउको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णकुमार लामाले बताएअनुसार उनि तीन दिन नेपाल रहने छन्। २०७२ को भूकम्पमा बौद्ध स्तुपा पुनः निर्माणका लागि उनले धेरै ठूलो सहयोग गरेका थिए भने अहिले पनि रिपोन्छेले २०७२ को महाभूकम्पमा परी क्षति भएको बौद्ध स्तुपाको पुनः निर्माणको लागि सहयोग गर्ने बताएका छन् ।