
नुवाकोट । धुनिवेशी न. पा-९ गणेशस्थानमा गुडिरहेको बसमा आकस्मिक आगो लागेको छ।
त्रिभुवन राजपथ अन्तर्गतको सडकमा धादिङको खाल्टेबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ४८४७ नम्बरको यात्रु बहाक बसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बसको इन्जिनबाट एक्कासी धुँवा निस्किन थालेपछि बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका छन्