• ४ चैत्र २०८१, मंगलवार

जेसिज सप्ताहमा पहिलो दिन अपहिल साइकल च्यालेन्ज

नुवाकोट – आइतबार जेसीआई हेटौँडाको जेसीज सप्ताहको पहिलो दिन मनकामना अपहिल साइकल च्यालेन्ज भएको छ । प्रतियोगितामा २५ जनाको सहभागिता रहेको थियो । जसमा पुजन मगर प्रथम हुनुभएको छ भने सुमन आले मगर द्वितीय, आशिष थापा मगर तृतीय हुनुभएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने छ । जेसीज सप्ताहको समापन समारोहमा पुरस्कृत गरिने जेसीआई हेटौंडाले जनाएको छ ।

साइकल च्यालेन्ज हेटौंडाको सानोपोखराबाट सुरु भएर मकवानपुरगढी गाउँपालिकाको मनकामना मन्दिरमा पुगेर पूरा भएको थियो ।
मिलन ढकालको संयोजनमा भएको प्रतियोगिताको समापन समारोह जेसीआई हेटौंडाका अध्यक्ष श्रवण कुमार बर्तौलाको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यमा भएको थियो ।





प्रतिक्रिया दिनुहोस्