नुवाकोट – टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन ।पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता रायमाझीलाई काठमाडौं प्रहरी परिसर ल्याइएको छ। रायमाझी बिरुद्द बैशाख २० गते पक्राउ पुर्जि जारि भएको हो।
रायमाझीलाई काठमाडौंको बुढानिलकण्ठबाट केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएपछि अहिले प्रहरी परिसर ल्याएको हो ।
यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।