• १३ बैशाख २०८३, आईतवार

राष्ट्रिय युवा संघ नेपाल नुवाकोट जिल्ला कमिटिद्वारा सरसफाइ तथा डस्बिन वितरण कार्यक्रम

नुवाकोट- हिजो सोमबार अर्थात जेठ १ गते राष्ट्रिय युवा संघ नेपालको ३४ औँ स्थापना दिवसको उपलक्ष्यमा राष्ट्रिय युवा संघ नेपाल नुवाकोट जिल्ला कमिटिद्वारा सरसफाई तथा डस्बिन वितरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा दुप्चेश्वरमा एमाले नेता सुशिल खड्का र वडा कमिटि अध्यक्ष साथै विदुर -९ मा वडा अध्यक्ष हरिराम भण्डारि र नेकपा एमाले वडा सचिव राजकुमार तामाङ्गको उपस्थितिमा रहेको थियो।उक्त कार्यक्रम दुप्चेश्वर मन्दिर परिसर( बिहान ) र बिदुर नगरपालिकामा रहेको सिलट्याङ्कि क्षेत्रमा ( दिउँसो ) भएको हो। बिहानको ८ बजे दुप्चेश्वर मन्दिरमा कार्यक्रम गरि त्यहाँ समापन गरि बिदुर नगरपालिकामा रहेको सिलट्याङ्किमा समापन गरियो।





प्रतिक्रिया दिनुहोस्