• २५ बैशाख २०८२, बिहीबार

नुवाकोट- आज बर्षा र हावाहुरिको प्रबल सम्भावना

नुवाकोट – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
राति भने कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको साथै कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।





प्रतिक्रिया दिनुहोस्