नुवाकोट – भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य अघिल्लो मूल्यभन्दा पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटाएर मूल्यसूची पठाएको निगमले जनाएको छ।
आईओसीले अन्तर्राष्ट्रिय मूल्यको आधारमा निगमलाई नयाँ मूल्य पठाउने गर्दछ । अघिल्लो पटक पनि आइओसीले मूल्य घटेर आएपनि सञ्चिति नोक्सानी देखाउँदै निगमले मूल्य समायोजन गरेको थिएन भने यो पटक आईओसीले पाक्षिक रुपमा निगमलाई नयाँ मूल्यसुची पठाउने तालिका अनुसार मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ । निगम स्रोतका अनुसार यसपटक भने केही मात्रामा मूल्य घटाउने गृहकार्य भइरहेको छ ।