• ३ चैत्र २०८१, सोमबार

नुवाकोटमा रहेका १२ वटा पालिका मध्ये तोकिएको समयसीमा भित्र जग्गा वर्गिकरण गर्ने पहिलो पालिका किस्पाङ

नुवाकोट- नुवाकोटको किस्पाङ गाँउपालिकाले जग्गाको बर्गिकरण अन्तरगत भूउपयोग क्षेत्रगत नक्सा र भूउपयोग कित्तागत विवरण समेत तयार गरेको छ । ञानेन्द्र गिरीले गाँउपालिकाले तयार गरेको नक्सा र प्रत्येक कित्ताको कित्तागत विवरण मंगलबार गाँउपालिकाको तर्फबाट जिल्ला मालपोत र नापी कार्यालयलाई हस्तान्तरण गर्नुभयो।

नुवाकोटमा रहेका १२ वटा पालिका मध्ये तोकिएको समयसीमा भित्र जग्गा वर्गिकरण गर्ने र क्षेत्रगत नक्सा र प्रत्येक कित्ता अनुसारको कित्तागत विवरण बुझाउने पहिलो पालिका किस्पाङ हो।

भूमि व्यवस्था, सहकारी गरिबी निवारण मन्त्रालय गएको जेठ २३ गते राजपत्रमा भूउपयोग नियमावली–२०७९ अनुसार त्यसको ६ महिना भित्र अर्थात २०७९ मंसिर २२ सम्म जग्गाको वर्गिकरण गर्न समयसीमा तोकिएको थियो उक्त नियमावली अनुसार जग्गाको विभिन्न १० भागमा बर्गिकरण सहित क्षेत्रगत नक्सा र भुउपयोग कित्तागत विवरण तयार गर्नुपर्ने भनिए अनुसार नुवाकोटमा पहिलो र एकमात्र पालिकाको रुपमा किस्पाङले समयसीमा भित्रै जिम्मेवारी पूरा गरेको हो ।





प्रतिक्रिया दिनुहोस्