नुवाकोट – आर्थिक अभावको कारण प्रवेश पत्र प्राप्त गर्न नसकेपछि जित बहादुर बयलकोटीले वैशाख २० गते विष सेवन गरेको थिए।
धादिङ ज्वालामुखि चैनपुरका जित बहादुर बयलकुटीले गत वैशाख २० गते आर्थिक अभावका कारण बिद्यालयबाट कक्षा १२ को बोर्ड परिक्षाको प्रवेश पत्र प्राप्त गर्न नपाएसि परिक्षा समेत दिन नपाउने परिस्थितिले उत्पन्न मानसिक दबाबका कारण विष सेवन गरेका थिए । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
जितबहादुरको बुबाले शुक्रवार अधिकारकर्मीहरुको पहलमा जिल्ला प्रहरी प्रशासनमा जितबहादुर पढ्ने सालवास मा.वि. ,चैनपुरका फरार प्रधानाध्यापक र विद्यालय प्रशासन विरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दर्ता विरुद्ध गराएका छन् ।