• १३ बैशाख २०८३, आईतवार

काठमाण्डौँ बाट बट्टार तर्फ आउँदै गरेको हाइस दुर्घटनामा

नुवाकोट- आज विदुर नगरपालिका वडा नं -४ गगंटे चोक स्थित गल्छी त्रिशुली सडक खण्डमा पर्यटक हाइस गाडी दुर्घटना भएको हो। काठमाण्डौँ बाट बट्टार तर्फ आउँदै गरेको बा. १ प १५०३ नं को हाइस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परि पोखरा उ. प. म. न. पा. -१५ को सिता पुरि र नारायण पुरिको टाउकोमा चोट लागेको छ। त्यस्तै बाग्लुङको हिरा श्रेष्ठको दाहिने घुँडामा चोट लागेको छ। पर्वतको परेम ब. श्रेष्ठको बायाँ आँखा माथि चोट लागेको छ। स्याङ्जाको ग्यानु श्रेष्ठको नाकबाट हल्का रगत बगेको छ भने स्याङ्जाकै चन्द्र श्रेष्ठको टाउकोमा सामान्य चोट लागेको छ।

दुर्घटनामा घाइते भएकाहरुको विदुर स्थित चक्रदेव अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको छ।





प्रतिक्रिया दिनुहोस्