• २ बैशाख २०८१, आईतवार

साहित्य संगमको “गाउँगाउँमा साहित्य कार्यक्रम” को पहिलो शृङ्खला महादेव मा. बि. मा

साहित्य संगम नुवाकोटले ” गाउँगाउँमा साहित्य कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रम केही फरक र नयाँपन ल्याउने क्रममा हुने भएको हो।
“नवसर्जकको खोजी अग्रजलाई सम्मान
गाउँ – गाउँमा साहित्य हाम्रो अभियान ।।”
साहित्य संगम नुवाकोटद्वारा आयोजित “गाउँगाउँमा साहित्य कार्यक्रम” शृङ्खलाबद्ध रुपमा अगाडि बढ्ने क्रममा रहेको छ। उक्त अभियानको पहिलो शृङ्खला शनिवार महादेव मा.बि. बेलकोटगढी -७ महादेवफाँटमा हुने भएको छ। कार्यक्रम बिहाअको ११:०० बजे बाट शुरु हुनेछ ।

साहित्य संगमको अध्यक्ष सुमित्रा सुमी भन्नुहुन्छ “यो तपाईं हाम्रो अभियान फरक भूगोलमा बेग्लै स्वादको साहित्य यात्राको अवसर पनि हो ।”





प्रतिक्रिया दिनुहोस्