• २ बैशाख २०८१, आईतवार

भोटो जात्राको उपलक्षमा उपत्यकामा सार्वजनिक बिदा

नुवाकोट – वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । साँझ ५ बजे जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथबाट भोटो देखाउने कार्यक्रम रहेको गुठी संस्थान कार्यालय ललितपुरले जानकारी दिएको हो ।

भोटो देखाउने जात्रामा राष्ट्र प्रमुख पनि सहभागी हुने प्रचलन छ । राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक जात्रामा सहभागी हुने छन् । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ ।

भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । भोटो जात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।





प्रतिक्रिया दिनुहोस्