• ४ चैत्र २०८१, मंगलवार

अब नेपालबाट सिधै अष्ट्रेलियाको उडान

नुवाकोट । अब नेपालबाट अष्ट्रेलियाको उडान लिन सकिने भएको छ । नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको हो। सिड्नी विमानस्थलले बिहीबार र शनिबार उडान अनुमति दिएको छ।
निगमले सातामा वाइडबडीबाट २ उडान गर्न अनुमति र समय पाएको हो ।

काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्न लागेको निगमले जनाएको छ । विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग उडानका लागि अनुमति माग्दै सबै विवरण बुझाएको छ।





प्रतिक्रिया दिनुहोस्