• १३ बैशाख २०८३, आईतवार

२०७९ सालको उत्तम शान्ति पुरस्कार `शुन्यको मूल्य´ लाई

नुवाकोट: २०७९ सालको उत्तम शान्ति पुरस्कार साहित्यकार डा.नवराज केसीको कृति ‘शून्यको मूल्य’लाई प्रदान गरिने भएको छ।

लेखकले अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःख, पीडा, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा कृतिका माध्यमबाट प्रस्तुत गरेबापत सो पुरस्कार दिने निर्णय गरेको उत्तम कुँवर स्मारक पुरस्कार गुठीका सभापति डा पार्थिवेश्वर तिमिल्सिनाले जानकारी दिए।

गुठीले निबन्ध, यात्रासंस्मरण, जीवनी, आत्मकथा, अन्तर्वार्तालगायतका आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई विसं २०४४ सालदेखि वर्षेनी ‘उत्तमशान्ति पुरस्कार’द्वारा सम्मानित गर्दै आएको छ।
ताम्रपत्रसहित पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको गुठीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्