• १२ बैशाख २०८३, शनिबार

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बाग्मती प्रदेशले घटायो भाडा दर

नुवाकोट- जेठ १२ । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा घटेको छ । प्रदेश सरकारले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भाडा समायोजन गरेको हो। अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा ५ प्रतिशतले समायोजन गरेको हो।
यसैगरी काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५‍.९० प्रतिशतले घट्ने छ ।
यस्तै, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय भएको हो ।





प्रतिक्रिया दिनुहोस्