• २१ मंसिर २०८१, शुक्रबार

प्राविधिक शिक्षामा फड्को मार्दै नवजीवन माध्यमिक बिद्यालय

नुवाकोट- नवजीवन माध्यमिक विद्यालय २०१७ शालमा खुल्ला चौरमा स्थापना भएको थियो। उक्त विद्यालयले अहिले प्राविधिक शिक्षामा फट्को मार्दै गएको छ। निम्न माध्यमिक तहसम्म पढाई हुदै आएको यो विद्यालयले २०५८ शालमा माध्यमिक विद्यालय स्वीकृति पाएको हो।

“सामुदायिक विद्यालयप्रतिको आकर्षण घट्दो समयमा हामीले यसको गुणस्तरीयतालाई खस्कन दिएका छैनौ ।वि.सं.२०७६ मा प्लसटुको स्वीकृति पाएको विद्यालयमा वि.सं.२०७७ बाट प्राविधिक बाली विज्ञान विषयमा पढाइ हुदै आएको छ । आदिवासी तथा जनजातिको वाहुल्यता रहेको यो ठाउँमा शिक्षामा अब्बल बनाउनु ज्यादै  कठिन छ । तर पनि हामीले मेहनत गरेर गुणस्तरीयतालाई खस्कन दिएका छैनौँ। “
विद्यालयका प्रधानाध्यापक बिनोद लामाले बताउनुभयो।”विद्यार्थीहरुले स्कुल भित्र नै कृषि विषयको पढाइ हुने भएपछि विभिन्न खाले तरकारीहरु उत्पादन गरिरहेको छन त्यति मात्र नभैँ आफ्नै विद्यालमा गरिएको गाईपालनको गाईको दुध आफ्नै विद्यालयमा पनि विद्यार्थीलाई दिव्य खाजामा खुवाउदै आएका छौँ। २०२८सालमा माविको स्वीकृति पाएको नवजिवन माध्यमिक विद्यालय पछिल्लो ६ वर्षदेखि एसएलसी परीक्षामा अग्रस्थानमा आएको छ । नर्सरीदेखि ५ कक्षासम्म बालमैत्री बनाउनको लागि त्यही वातावरण सिर्जना गरेका छौँ। छौं। दश कक्षाको विद्यार्थीलाई मात्र नभइ शुरु देखि नै मेहनत गरे सफल भइन्छ भन्ने ठानेर जग बलियो बनाउने काममा हाम्रो ध्यान छ ।सामुदायिक विद्यालयमा विद्यार्थी घट्दो भैँ निजि विद्यालयमा आकर्षण छ , तर पनि हाम्रो  विद्यालयमा आकर्षण घटेको छैन । निजि विद्यालय भन्दा राम्रो शिक्षा दिने प्रयत्न गरिराखेको छौँ। सामुदायिक विद्यालयले राम्रो गर्दैनन् भन्ने दृष्टिकोणलाई बदल्नु पर्दछ भन्ने सोचाईले हामीले मिहिनेत गरेका छौँ त्यहीँ मोहिनेत अनुसार अहिले नवजीवन विद्यालय प्रति विद्यार्थीको आकर्षण बढेको हो । विद्यालयको ड्राइभर प्रधानाध्यापकगाडी कता लाने भन्ने कुरा ड्राइभरको हातमा भए जस्तै विद्यालयलाई कस्तो बनाउने भन्ने मुख्य भूमिका प्रधानाध्यापकमा हुन्छ । सस्था राम्रो बनाउन अभिभावकसंग अन्र्तक्रिया गरी विद्यालयको शैक्षिक अवस्थाको विषयमा जानकारी गराउनु पर्छ । विद्यालयलाई सबै हिसाबले अब्बल बनाउन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति दुवैको मिहिनेत चाहिन्छ ।गरिब तथा प्रतिभाशाली विद्यार्थीलाई लक्षित गरी पढाइ शुरु भएको छ । आफ्नै गाउँमा प्राविधिक विषय पढ्न पाउने अवस्था छ । पिछडीएका वर्गहरुको बाहुल्यता भएको स्थानमा प्राविधिक बाली विज्ञान विषय पढ्न पाउने अवसर प्रदान गरेका छौँ। नमुना विद्यालयको रुपमा लैजाने हाम्रो अभियान जारी छ ।अत्यन्त निस्वार्थ हिसाबले लागेका छौ । विद्यालयको शैक्षिक गुणस्तरीयता हाम्रै पालामा राम्रो बनाउने अभियानामा हामी छौँ।निजिमा भन्दा राम्रो पढाइ हामीले दिएका छौँ।”

किशोर ओलि





प्रतिक्रिया दिनुहोस्