नुवाकोट – एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नुवाकोटले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा राँके जुलुस प्रदर्शन गरेका छन् ।
बुधबार विदुर नगरपालिकाको बट्टारमा प्रदर्शन गर्दै युवा संघले नागरिकता विधेयक खारेज गर्न माग गरेका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गर्दै जुलुस प्रदर्शन गरेका हुन्।
बट्टारको पुरानो पाटीदेखि नुवाकोट आदर्श क्याम्पस गेटसम्म राँके जुलुसपछि कोणसभालाई सम्बोधनगर्दै राष्ट्रिय युवा संघका अध्यक्ष प्रज्वल सापकोटाले नागरिकता विधेयकको विरोध देशभरबाटै गर्ने चेतावनी दिएका छन् ।
प्रदर्शनकारीले देश बेच्न पाइदैन, नागरिकता विधेयक खारेज गर, नालायक सरकार राजिनामा दे, भ्रष्ट्राचारी सरकार मुर्दावाद लगायतका नाराबाजी गरेका थिए ।