• २९ माघ २०८१, मंगलवार

प्रेमीद्वारा प्रेमिका र काकाको हत्या

नुवाकोट जेठ १८ । कपिलवस्तुको बाणगंगा नगरपालिका –६ मटरियामा प्रेमिकासँग खटपट परेपछि एक युवाले आफ्नै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन् ।रुपन्देहीको कञ्चन गाउँपालिका –२ का २२ वर्षीय मोहन थारुले २२ वर्षीया प्रेमिका अन्जीन थारु र काका ७० वर्षीय बमबहादुर थारुको बिहीबार बिहान ९ बजेतिर चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

चक्कु प्रहार गर्ने मोहन थारु इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको उनले बताए । प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बमबहादुरको ४ नम्बरस्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचारको क्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको बताए ।
मोहन र अन्जनीबीच प्रेम सम्बन्ध थियो । दुबैबीच विवाद बढेपछि अन्जनीले मोहनलाई बेवास्ता गर्दैआएकी थिइन् । सोही विषयलाई लिएर बिहान मोहन मटेरिया पुगेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए ।





प्रतिक्रिया दिनुहोस्