नुवाकोट – शनिवार नेपाल तेक्वान्दो संघ मातहतका सामरी तेक्वान्दो डोजाङ्ग द्वारा जुनियर बेल्ट ग्रेटिङ्ग सम्पन्न भएको हो। उक्त ग्रेटिङ्गमा प्रमुख अतिथि वडा अध्यक्ष जित बहादुर तामाङ ज्यू ,विषेश अतिथि नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेश सदस्य रामकृष्ण श्रेष्ठ ज्यू, अतिथि नेपाल तेक्वान्दो संघ नुवाकोटका कोषाध्यक्ष रामचन्द्र तामाङ्ग ज्यू लगायत बुद्धिजीवी, समाजसेवि तथा अभिभावकहरु हुनुहुन्थ्यो।
सामरी तेक्वान्दो डोजाङ्गका प्रशिक्षक अनिल राज शाक्यले बताए अनुसार रोहवरमा १९ जना खेलाडीहरुको परिक्षा सम्पन्न गरि प्रमाणपत्र वितरण गरिएको हो। नेपाल तेक्वान्दो संग बाग्मती प्रदेश सदस्य रामकृष्ण श्रेष्ट ज्यू ले दुई महिला उत्कृष्ट खेलाडीहरु निमा तामाङ र सम्झना तामाङ लाई डोवक( कोरियन डे्स ) प्रदान गर्नु भयो ।