• २५ भाद्र २०८१, मंगलवार

जिल्ला युवा समिति , नुवाकोटद्वारा आयोजित २ दिने महिला आत्मरक्षा तालिम सम्पन्न

नुवाकोट – प्रदेश सरकार ,समाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद,जिल्ला युवा समिति नुवाकोटद्वारा आयोजित २ दिने महिला आत्मरक्षा तालिम आइतवार सम्पन्न भएको छ। आइतवार पिपलटार फुटसलमा समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो।

युवा समिति नुवाकोटका अध्यक्ष उद्वव पनेरु ज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो भने कार्यक्रमको प्रमुख अतिथि विदुर नगरपालिकाको नगर प्रमुख राजन श्रेष्ठ , बिशेश अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख रमेश पण्डित , जबर जंग गण देविघाट व्यारेकका सेनानी अर्जुन थापा, सशस्त्र प्रहरी बल १९ गुल्म नुवाकोटका प्रहरी निरिक्षक प्रधुम्न थापा,पत्रकार महासंघ बागमति प्रदेशका अध्यक्ष शिव देवकोटा, पत्रकार नवदिप श्रेष्ठ कार्यक्रम संचालक दिपेश चित्रकार,रमेश गिरी,पशिक्षक तथा प्रशिक्षर्थी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

समाजमा घट्ने विभिन्न घटनाहरु वाट आफूलाई कसरी सुरक्षित राख्ने जस्ता यावत बिषयमा महिलालाई सचेत गराउनको लागि महिला आत्मरक्षा तालिम कार्यक्रम गरिएको अध्यक्ष पनेरुले बताउनुभयो।





प्रतिक्रिया दिनुहोस्