• ३ श्रावण २०८२, शुक्रबार

सवारी चालकको स्वास्थ्य परिक्षण

विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सवारी चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम गरेको छ ।
शारीरिक रुपमा अस्वस्थ चालकको कारण हुन सक्ने संभाबित सवारी दुर्घटनालाई मध्यनजर गर्दै उनीहरुको सामान्य स्वास्थ्य परिक्षण गरिएको हो । सापकोटा मेडिकल हलको सहयोगमा ६३ जना सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रवार विहान लामो तथा छोटो दुरीमा संचालित सार्वजनिक सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।





प्रतिक्रिया दिनुहोस्