• १७ फाल्गुन २०८०, बिहीबार

सामुदायिक आरोग्य पोलिक्लिनकबाट सेवा शुभारम्भ

ग्रामीण भेगमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने लक्ष्य सहित सामुदायिक आरोग्य पोलिक्लिनक संचालनमा ल्याइएको छ ।
लिखु गाउँपालिका – ६ स्थित कुमलठाटीमा संचालित पोलिक्लिनकले शनिवारदेखि सेवा शुभारम्भ गरेको हो । दुई सय जना भन्दा बढी नागरिकको स्वास्थ्य परिक्षण गरी पोलिक्लिकको सेवा शुभारम्भ गरिएको संचालक कल्याणभक्त पाण्डेले जानकारी दिनुभयो ।
विशेषज्ञद्धारा मुटु रोग, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रजनन रोगको परिक्षणको साथै रेडियोलोजी, जनरल फिजिसियन लगायत सेवा प्रदान गरिएको थियो । स्वास्थ्य परिक्षण, रगत परिक्षणको साथै आवस्यक औषधि वितरण गरी पोलिक्लिकको सेवा शुभारम्भ गरिएको उहाँको भनाई छ ।


नियमित रुपमा फार्मेसी, प्याथोलोजी, एक्सरे, भिडियो एक्सरे र ई.सि.जि. सेवा उपलव्ध गराउने गरी सामुदायिक आरोग्य पोलिक्लिनक संचालनमा ल्याइएको संचालक कल्याणभक्त पाण्डेले बताउनुभएको छ । पोलिक्लिनकमा मेडिकल अधिकृतको संलग्नतामा २४ सै घण्टा आकस्मिक सेवा समेत उपलव्धता रहेको छ ।
पोलिक्निकको समुद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य रमेश कुमार महत, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्